समाचारशुक्रबार, जेठ १, २०७२

नेवि संघले एक हजार विद्यार्थी पढाउने

हिमालखबर

१२ वैशाखमा गएको महाभूकम्पबाट प्रभावित एक हजार छात्रछात्रालाई नेपाल विद्यार्थी संघले पढाउने भएको छ ।

भूकम्प पढ्नबाट वञ्चित भएका भूकम्प प्रभावित जिल्लाका एक हजार विद्यार्थीलाई आफूहरुले पढाउने नेवि सङ्घले जनाएको छ । नेवि सङ्घका केन्द्रीय अध्यक्ष तथा सभासद् रञ्जित कर्णले भूकम्प प्रभावित एक हजार छात्रछात्राका लागि आफूहरुले पढाउने व्यवस्था मिलाउने बताए ।

नेपाल प्रेस युनियन धनुषाले गरेकाे पत्रकार सम्मेलनमा सभासद् कर्णले शक्तिशाली भूकम्पमा परी बाबुआमा गुमाएका त्यस्ता संरक्षणविहीन पीडित एक हजार विद्यार्थीको पठनपाठनको जिम्मेवारी आफूहरुले लिने जनाए ।

भूकम्पका कारण अभिभावकविहीन भइसकेका त्यस्ता बालबालिकालाई अध्यापन गराउन नेवि सङ्घ र नेपाल बाल सङ्गठनबीच सम्झौतासमेत भइसकेको कर्णले बताए । यसैगरी भूकम्पबाट प्रभावित मुख्य जिल्लामा नेवि सङ्घले एक लाख स्वयंसेवक परिचालन गरी भौतिक पुनःसंरचना निर्माणमा सहयोग गर्ने निर्णय गरेको कर्णले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>