समाचारशुक्रबार, जेठ १, २०७२

प्रमुख निर्वाचन आयुक्त उप्रेती सेवानिवृत्त

हिमालखबर

Nilkatha-Upretiप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण १ जेठदेखि सेवानिवृत्त भएका छन् ।

निर्वाचन आयोगमा आयोजित समारोहमा आयुक्तत्रय दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव र इला शर्मा तथा आयोगका कर्मचारीले उनलाई विदाई अभिवादन गरेका थिए ।

मुलुकमा प्रजातन्त्रको पुनःस्थापनासँगै विसं २०४७ सालमा विशेषज्ञको रुपमा आयोगमा प्रवेश गरेका उप्रेतीले पछिल्लो समय प्रमुख निर्वाचन आयुक्तको रुपमा दुई वर्ष दुई महिना सेवा गरेका थिए ।

विसं २०४८ सालपछिका सम्पूर्ण निर्वाचनमा कुनै न कुनै रुपमा योगदान पुर्‍याएका उप्रेती २०६३ साल कात्तिकमा निर्वाचन आयुक्त, २०६६ साल जेठमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र २०६८ सालको चैतमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने मौका प्राप्त गरेका थिए ।

उनले प्रजातन्त्रपछि छैठौं प्रमुख निर्वाचन आयुक्तको रुपमा काम गर्ने अवसर प्राप्त गरेका थिए ।
निर्वाचन आयोगमा प्रवेश गर्नुअघि उनले राष्ट्रिय कम्प्युटर केन्द्रको शाखा अधिकृत हुँदै निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

फोटोसहितको नामावली तयार गरी त्यसको आधारमा मतदाता परिचयपत्र वितरण गरेर संविधानसभाको पछिल्लो निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न गर्न सक्नुलाई उनले जीवनमा गरिएका सबैभन्दा महत्वपूर्ण काम मध्ये भएको बताए ।

उनले निर्वाचन आयोगलाई विश्वका केही उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायका रुपमा स्थापना गराउन समेत सफल भएको बताए ।

उप्रेति सेवानिवृत्त भएसँगै आयोगका वरिष्ठ आयुक्त दोलखबहादुर गुरुङले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>