समाचारशनिबार, जेठ २, २०७२
जोखिमपूर्ण बस्ती तराईमा सार्न सुझाव
कांग्रेस केन्द्रीय सदस्य तथा सभासद्ले भूकम्प ग्रस्त जिल्लाका जोखिमपूर्ण बस्ती तराईमा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।
कांग्रेसले भूकम्पग्रस्त १४ जिल्लामा अनुगमन गर्न पठाएको केन्द्रीय सदस्य तथा सभासदहरूको टोलीले स्थलगत भ्रमण गरी यस्तो सुझाव दिएको छ ।
भूकम्पग्रस्त १४ जिल्लाको स्थलगत भ्रमण गरी काठमाडौं फर्केका सभासद तथा केन्द्रीय सदस्यहरूले शुक्रबार पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई लिखित रूपमा सुझाव दिएका हुन्।
राजधानी दैनिकबाट
