समाचारआइतबार, जेठ ३, २०७२

बन्ने भो भूकम्प प्रतिरोधी नयाँ धरहरा

हिमालखबर

भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनः निर्माण गरिने भएको छ।

अन्य धार्मिक तथा ऐतिहासिक सम्पदा परम्परागत निर्माण सामाग्री प्रयोग गरी निर्माण हुनेछ।

पुरातत्व विभागले पुरानै स्वरूपमा धरहरालाई जीवन दिने भएको छ। तर नयाँ निर्माण हुने धरहरा भूकम्प प्रतिरोधात्मक हुनेछ। विभागका महा निर्देशक भेषनारायण दाहालले भने,‘धरहरा पक्कै बन्छ, अहिलेकै ठाउँमा बन्छ तर १९९० सालको जत्रो भूकम्प आयो भने पनि त्यसलाई कुनै असर नपर्ने खालको निकै बलियो बनाउँछौ।’

विभागले नेपाल वास्तुविद् समाजको सहयोगमा भूकम्पका कारण भत्किएका सम्पूर्ण सम्पदाको डिजाइनलगायतथका कार्यलाई अगाडि बढाएको छ।

गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>