समाचारसोमबार, कार्तिक २०, २०६९

भुकम्पको धक्का महशुस

हिमालखबर

सापकोटाका अनुसार भुकम्पको केन्द्र बिन्दु चीनको तिब्बत रहेको छ । २० कार्तिक साँझ ६.५२ मा भुकम्प गएको हो । सोलुखुम्बुमा भुकम्पको धक्का बढी महशुस गरिएको बताइएको छ ।

भुइँचालो कसरी जान्छ?

भारतीय उपमहाद्वीप र तिब्बती प्लेटको ठक्करले बनेका हाम्रा हिमालहरू अग्लिने क्रम जारी छ। सात करोड वर्ष अगाडि अफ्रिकाबाट उछिट्टिएर आएको भारतीय उपमहाद्वीपले एसियाको पीँधलाई अझ्ै ठेलिराखेकाले वर्षको पाँच सेन्टिमिटरले यो अझ्ै उत्तरतिर बढिराखेको छ। यो प्रक्रियामा जमिनमुनिको चट्टानका पत्रहरू बाँसझ्ैँ बाङ्गिन्छन् र धेरै बाङ्गिन नसकेपछि पिटिक्क भाँचिन्छन्, अनि सतहमा भूकम्प जान्छ।

१९९० सालको महाभूकम्प आठ रिख्टरको थियो र ५०-१०० वर्षको अन्तरालमा काठमाडौंमा त्यति ठूलो भुइँचालो गइरहेको इतिहासले देखाउँछ। वि.सं. १३१० को भुइँचालोमा राजा अभय मल्लसहित काठमाडौंका एक तिहाई बासिन्दा मारिएका थिए। काठमाडौंबाट पश्चिम नेपालमा केन्द्रबिन्दु भएको ठूलो भुइँचालो नगएको ३०० वर्षभन्दा बढी भइसकेकाले भविष्यमा यो भेगमा ठूलो भुइँचालो जाने वैज्ञानिक अनुमान छ।

काठमाडौं उपत्यका पहिले ठूलो ताल भएकाले यहाँको माटोको बनोटमा भूकम्पको धक्का बढ्ने, त्यसले जमिनलाई थलथल पारिदिने र यसले गर्दा बलियोसँग बनाइएका भवनहरू पनि ढल्ने डर हुन्छ। त्यसमाथि काठमाडौंका धेरैजसो घर, अफिस र अपार्टमेन्टहरू अझ्ै पनि भूकम्प प्रतिरोधी मापदण्डअनुसार नबनेकाले एकदमै जोखिमपूर्ण छन्।

झट्पट् झोला

• कम्तीमा तीन दिनलाई पुग्ने गरी लामो समय नबिग्रने खानेकुरा (चाउचाउ, बिस्कुट, आदि) को जोहो गर्ने।
• पानी सफा गर्ने ट्याबलेट र बोतलहरूमा पानी राख्ने।
• प्राथमिक उपचार सामग्री राख्ने।
• डोरी, पन्जा, ढ्ने, वाटर-प्रूफ ज्याकेट, रेडियो, टर्चबत्ती, आपतकालीन स्याटेलाइट र अन्य फोननम्बर राख्ने।
• घरनजिक भत्केर नपुरिने र सजिलै भेटिने ठाउँमा पिक, साभेल, खन्ती जस्ता खन्ने सामानको बन्दोवस्त गर्ने।
• परिवार छुट्टिनु परे, कहाँ भेट्ने पहिले नै निश्चित गर्ने।

भूकम्प गएपछि

• घरमा भए दौडँदै बाहिर ननिस्कने, माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ।
• घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने अथवा भित्री गारोमा अडेस लाग्ने।
• बाहिरी गारो, सिसा, गह्रौं दराजनिर नबस्ने।
• घर बाहिर भए घर, बिजुलीको लाइन, पुलबाट टाढा बस्ने, सडकबाट खुला मैदानतिर लाग्ने।
• गाउँतिर खुला ठाउँमा भए खोला र नदीको किनार, ठूला रूख भएको र पहिरो आउन सक्ने ठाउँतिर नबस्ने।
• भुइँचालोपछि धेरै पटक धक्का आइरहन सक्ने हुनाले सावधान रहने।
 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>