समाचारआइतबार, जेठ ३, २०७२

बिहानै गयाे ४.४ म्याग्निच्युडको भूकम्प

हिमालखबर

आज बिहान ५ बजे दोलखा केन्द्रबिन्दु भएर ४.४ लोकल म्याग्निच्युडको भूकम्प गएको छ ।

तुलनात्मक रुपमा भूकम्पका पराकम्पन कम हुँदै गएको छ । शनिबार बिहानै पाँच पराकम्पन गएको थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानसम्म चार म्याग्निच्युडभन्दा माथिका २३९ पराकम्पन गएका छन् ।

पराकम्पन क्रमशः कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सवारीसाधन बाक्लिएका छन् भने सडक र भित्री गल्लीमा पसल खुलेका देखिन्छन् ।

सानातिना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्ले सर्वसाधारणलाई आग्रह गरेका छन् । रासस<

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>