समाचारआइतबार, जेठ ३, २०७२

एमाले पार्टी कार्यालय धुम्बाराही सारिने

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पबाट बल्खु मदननगरस्थि पार्टी कार्यालय भत्किएपछि नेकपा एमालेले अाफ्नाे दैनिक काम कार्बाही धुम्वाराहीबाट गर्ने भएकाे छ ।

पार्टी कार्यालयकाे अर्काे व्यवस्था नभएसम्म धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानबाट काम सञ्चालन गर्ने भएको हाे ।

भूकम्पपछि खाली चाैंरबाट पार्टी काम सञ्चालन गरिरहेकाे एमाले स्थायी कमिटी बैठकले धुम्बाराहीबाट पार्टी काम सञ्चालन गर्ने निर्णय गरेकाे हाे । अहिले बल्खुमै टेण्ट टाँगेर काम कार्बाही सञ्चालन भइरहेकाे छ ।

यस्तै, बैठकले भूकम्प पीडितकाे पुनःस्थापना काममा खटिने स्वयम सेवक परिचालन निर्देशिका समेत पारित गरेकाे छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>