समाचारसोमबार, जेठ ४, २०७२

नयाँ भवन निर्माणमा प्रतिबन्ध

हिमालखबर

सरकारले आगामी असार मसान्तसम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाएको छ ।

भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि भवन आचारसंहिता लागू गर्ने उद्देश्यले नयाँ भवन निर्माणका लागि सरकारले तत्कालका लागि रोक लगाउँदै असार मसान्तसम्म नयाँ भवन निर्माणको अनुमति नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीप्रकाशमान सिंहले मन्त्रिस्तरीय निर्णयअनुसार सबै नगरपालिका र गाविसलाई भवन निर्माणका लागि अनुमति नदिन निर्देशन दिएका हुन् ।

मन्त्रालयले भवन आचारसंहिता बनाउँदै गरेकाले तत्कालका लागि असार मसान्तसम्म नयाँ भवन बनाउन अनुमति नदिने स्पष्ट पारेको छ । भवन आचारसंहिता पालना नगरेकै कारण भूकम्पले जनधनको ठूलो नोक्सानी पुर्‍याएको सरकारको ठहर छ ।

स्थानीय विकास मन्त्रालयद्वारा ४ जेठमा जारी विज्ञप्तिमा भवन निर्माणका लागि यसअघि अनुमति पाइसकेकाहरूका हकमा पनि यो निर्देशन लागु हुने उल्लेख गरिएको छ ।

यद्यपि भवन आचारसंहितालाई ध्यानमा राखेर भूकम्प प्रतिरोधात्मक दुईतले घर भने बनाउन पाइने विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ । त्यस्तो नयाँ भवन बनाउँदा सरकारले तोकेको मापदण्डअनुरुप भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री हुनुपर्ने स्पष्ट पारेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>