समाचारसोमबार, जेठ ४, २०७२
मच्छिन्द्रनाथको भोटो भेटियो
वर्षा र सहकालका देवता भनिने रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ ।
दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए ।
मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ । हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा सुरक्षित राखिएको छ ।
बुङ्मतीमा अवस्थित मन्दिर गत १२ वैशाखको भूकम्पले ध्वस्त भएको थियो ।
मन्दिर भत्केपछि भोटोलगायत देवीदेवताका गरगहना पुरिएका थिए ।
