समाचारमंगलबार, कार्तिक २१, २०६९

सहमतिपछि मात्रै बजेट ल्याउनुसः कोइराला

हिमालखबर

सरकारले कार्तिक मसान्तमा ल्याउने तयारी गरेको बजेट बारे सहमति खोज्न २१ कार्तिक बिहान कोइराला निवास महाराजगञ्ज पुगेका अर्थमन्त्री पुनलालाई सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठन भएपछि मात्रै बजेट ल्याउने पक्षमा आफ्नो पार्टी रहेको बताएको  रिजालले जानकारी दिए ।

“वैशाखमा निर्वाचन हुने सहमति भएकाले बजेट पनि सहमति गरिसकेपछि आउँदा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विश्वास र सहयोग बढ्छ,” कोइरालालाई उद्धृत गर्दै  रिजालले भने ।

केन्द्रीय सदस्य  रिजालले सहमतिका साथ निर्वाचनमा जाने कुरा भइरहेको बेला  बजेटकै कारण दलहरुका बीचमा बन्ला कि भन्ने विश्वासको वातावरणलाई अविश्वास, द्वन्द्व र सङ्कट बढाउने गरी काम नगर्न पनि सभापति कोइरालाले अर्थमन्त्रीलाई भनेको जानकारी दिए ।

अर्थमन्त्री पुनले राजनीतिक सहमति जुटाएर बजेट ल्याउनका लागि पहल गरिदिन कोइरालासँग आग्रह गरेका थिए । मुलुक चुनावमा जाने निश्चित भएकाले सभापति कोइरालासँग अन्य राजनीतिक विषयमा पनि छलफल भएको अर्थमन्त्री पुनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>