समाचारबिहीबार, जेठ ७, २०७२

प्रधानमन्त्री राहत काेषमा ३ अर्व ३९ कराेड संकलन

हिमालखबर

महाभूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब ३९ करोड ८ लाख १६ हजार ८१० सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट उक्त रकम सङ्कलन भएको हो ।

उक्त कोषमा ५ जेठमा मात्र रु ३० करोड ३१ लाख ४९ हजार ४४ दाखिला भएको उक्त कार्यालयले जनाएको छ । कोषमा स्वदेशका साथै विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>