समाचारबिहीबार, जेठ ७, २०७२
बालुवाटारमा चार दलको बैठक बस्दै
प्रधानमन्त्री निवास बालुवाटारमा मधेश केन्द्रितसहित प्रमुख चार दलको बैठक बसिरहेको छ ।
महाभूकम्प प्रभावितको पुनस्थापना, राष्ट्रिय सरकार गठन र संविधान निर्माणबारे बैठक चलिरहेको स्रोतले बताएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिका शीर्ष नेताहरुको उपस्थिति छ ।
महाभूकम्पलगत्तै दलहरु तिक्तता मेट्दै एक साथ देखिएका छन् ।
