समाचारबिहीबार, जेठ ७, २०७२
राष्ट्रिय सरकारबारे छलफल गर्दै जाने
मधेश केन्द्रीतसहित प्रमुख चार दलका शीर्ष नेताहरुले राष्ट्रिय सरकारबारे थप छलफल गर्दै जाने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सरकार निर्माण गरेर जानेबारे सहमति जनाउँदै यसबारे थप छलफल गर्दै जाने निर्णय गरेको छ । महाभूकम्प प्रभावितको पुनःस्थापना, विवादित विषयमा सहमति जुटाउने र राष्ट्रिय सरकारबारे ठोस निर्णय गर्दै जाने निर्णय भएको बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको सहभागिता थियो ।


