समाचारशुक्रबार, जेठ ८, २०७२

त्रास फैलाउनेहरु प्रहरी निगरानीमा

हिमालखबर

ठूलो भूकम्प आउने भविष्यबाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे ।

भूगर्भविद्हरुले नै भूकम्प आउने – नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्याबाणी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

वैशाख १२ को भूकम्पपछि निरन्तर आइरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पुर्‍यायाे

। चार घन्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आसय बंग्याएर अरुले नै अफबाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएका छन् ।
ज्योतिष लोहनी मात्र होइन, भूकम्पसम्बन्धी भविष्याबाणी गरेर सर्वसाधारणमा डरत्रास फैलाउने र सामान्यतर्फ उन्मुख जनजीवन फेरि अस्तव्यस्त बनाउन खोज्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>