समाचारशुक्रबार, जेठ ८, २०७२

कृपाशुर शेर्पा पर्यटन मन्त्री

हिमालखबर

नेकपा एमालेका सभासद कृपाशुर शेर्पा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका छन् ।

उनलाई प्रधानमन्त्री सुशील काेइरालाले सपथ गराउने तयारी भइरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बताए ।

शेर्पालाई मन्त्री बनाउन एमालेले सिफारिस गरेकाे उपमहासचिव घनश्याम भूसालले बताए । निवर्तमान पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले ७ जेठमा पदबाट राजिनामा दिएका थिए ।

शेर्पा यो सरकारको तेस्रो पर्यटन मन्त्री हुन । यसअघि भीम आचार्यले राजिनामा दिएपछि अमात्य मन्त्री भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>