समाचारशनिबार, जेठ ९, २०७२

ओखलढुङ्गा र खोटाङमा चर्किएका भवन भत्किँदा दुईको मृत्यु

हिमालखबर

भूकम्पका कारण चर्किएका घर भत्किएर पूर्वाञ्चलमा थप दुई जनाको मृत्यु भएको छ ।

ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर–८ मा क्षतिग्रस्त घरको निदालले किचेर ७२ वर्षीय रत्नबहादुर जोगीको शुक्रबार मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घरको सामान झिक्ने क्रममा उनलाई निदालले किचेको थियो ।

त्यस्तै, खोटाङ जिल्लाको चिउँरीडाँडा–८ मा चर्किएको घरको ढुङ्गा खस्दा ५६ वर्षीया चुडामाया राईको मृत्यु भएको हो । घरनजिक बसिरहेको अवस्थामा उहाँको जीउमाथि ढुङ्गा खसेको थियो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुमा परी पूर्वाञ्चलमा अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । योसमेत अब मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>