समाचारशनिबार, जेठ ९, २०७२

विमानस्थलभित्रै खुकुरी प्रहारबाट एक घाइते

हिमालखबर

unnamedत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।

खुकुुरी प्रहारबाट काठमाडौं गौरीधाराका ३३ बर्षीय मधुसुधन पौडेल घाइते भएका हुन् । दाहिने हातमा गहिरो चोट लागेको पौडेलको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय अागमन द्वार अगाडि नै उनलाई खुकुरी प्रहार गरिएकाे थियाे ।

रातो प्लेटको ट्याक्सी विमानस्थलभित्र चलाएको भन्दै पौडेललाई विमानस्थलका आधिकारिक संस्था हवाइ यातायात सेवा यात्रु लिमिटेडका राजकुमार गुरुङले खुकुरी प्रहार गरेको स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वालाले बताए ।

उनका अनुसार कम भाडा लिने रातो र कालो प्लेटको ट्याक्सी विमानस्थलभित्र चलाएको रिसमा खुकुुरी प्रहार भएको हो । विमानस्थलले हवाइ यातायात सेवालाई हरियो प्लेटको ट्याक्सी चलाउने अनुमति दिएको छ ।

खुकुरी प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>