समाचारशनिबार, जेठ ९, २०७२
राहत बोकेको ट्रक त्रिशूलीमा खस्यो
राहत बोकेर काठमाडाैं अाउँदै गरेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नैबिसे सडकखण्डको घोप्टे भीरबाट खसेकाे छ ।
विराटनगरबाट काठमाडौँका लागि राहत सामग्री बोकेर गएको ना ४ ख ९७६४ नम्बरको ट्रक घोप्टे भिरबाट त्रिशूलीमा खसेको हो । दुर्घटनामा परी दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका चालक र सहयोगी चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
