समाचारशनिबार, जेठ ९, २०७२

जटिल अभियाेगका कैदीलाई अाममाफी दिन मिल्दैनः गृह प्रवक्ता

हिमालखबर

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जटिल अभियोगमा कैद भुक्तान गरिरहेका कैदीलाई आममाफी दिन नमिल्ने बताएका छन् ।

कारागारमा रहेका कैदीको जीवन रक्षाका लागि आममाफी दिनुपर्ने माग कैदीका परिवार तथा आफन्तजनले गरिरहेको अवस्थामा प्रवक्ता ढकालले महिला हिंसा, लागुपदार्थको कारोवारीलगायत १३ मुद्दाका कैदीलाई आममाफी दिन नसकिने स्पष्ट पारे ।

बन्दीले आफ्नो जेल सजायको ५० प्रतिशत कैद भुक्तान गरिसकेको र आचरण राम्रो रहेको अवस्थामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने प्रावधान भएपनि जटिल अभियोगका अपराधीलाई आममाफी दिन नमिल्ने उनले बताए ।

उनले १५ जेठमा गणतन्त्र दिवसका दिन केही कैदीलाई आममाफी दिने तयारीसमेत भइरहेको बताए । खुल्ला कारागारको अवधारणा आएपनि त्यो अहिले व्यवहारिक नभएको समेत उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>