समाचारशनिबार, जेठ ९, २०७२

हुरीले रुख ढल्दा मृत्यु, विमानस्थल आधा घन्टा अवरुद्ध

हिमालखबर

राजधानीमा ८ जेठ अपराह्न अाएकाे हुरीले रुख ढल्दा त्यसले किचेर बूढानिलकण्ठकी ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदी (दाहाल)का मृत्यु भएको छ ।

स्वयम्भूबाट मोटरसाइकलमा बालाजुतर्फ गइरहेकी उनको सानोभ¥याङमा मृत्यु भएको हो । महानगरीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार हुन्डरीले ढालेको रुखले गौशाला वनकाली नजिक राखिएको बा१ज ६९१२ नम्बरको ट्याक्सी लाई थिच्दा उक्त ट्याक्सी क्षतिग्रस्त भएको छ ।

त्यस्तै, हुन्डरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा अवरुद्ध नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डउन कार्यालयले जनाएको छ । आधाघन्टा पछि विमानस्थल पूर्ववत् रुपमा सञ्चालन भएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>