समाचारआइतबार, जेठ १०, २०७२

कालीगण्डकी पहिरोले थुनियो

हिमालखबर

कालीगण्डकी पहिरोले थुनियो

तस्वीरः सुरज केसी

म्याग्दीको भगवती–१ स्थित काफल डाँडामा पहिरो जाँदा कालिगण्डकी नदी थुनिएको छ । शुक्रबार रातिदेखि झर्न थालेको पहिरोले नदी थुनिएपछि २६ घर पुरिएका छन् । वरपरका वासिन्दाहरु सुरक्षित स्थानतर्फ लागेका छन् भने स्थानीय प्रहरी र प्रशासनले पनि सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

नदी थुनिएर करिब तीन किमी लामो र १०० मिटर अग्लो ताल बनेको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश थपलियाले हिमाललाई जानकारी दिए । उनका अनुसार नदी ९० प्रतिशत थुनिएको छ ।

पहिरो सम्बन्धी दक्ष शक्तिसहित नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ आउन थालेको प्रहरीले जनाएको छ । अहिले पनि त्यसस्थानमा पहिरो गइरहेको र त्यहाँ पुग्न जोखिमपूर्ण रहेकाले पहिरो हटाउने कुनै प्रयास नभएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>