समाचारमंगलबार, कार्तिक २१, २०६९
राष्ट्रियता जोगाउन भट्टराई सरकार हटाउनुपर्छः देव गुरुङ
२१ कार्तिकमा चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकारले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता खतरामा पारेको आरोप लगाउँदै तत्काल सरकार परिवर्तन हुनुपर्ने स्पष्ट पारे ।
उनले बाबुराम भट्टराई नेतृत्वको सरकार साम्राज्यवादीको प्रलोभनमा परेको आरोप लगाउँदै सरकारका मन्त्रीहरुले राष्ट्रिय हितविपरितका कार्य गरिरहेको बताए ।
देशको अर्थव्यवस्था र उत्पादन विदेशीका हातमा पर्दै गएकाले नेपाल पूर्णरुपमा परनिर्भर हुने अवस्थाबाट जोगाउन पार्टीले नेपाली उत्पादन र उद्योग व्यवसायलाई साथ दिने कार्ययोजना तयार गरिरहेको उनले दाबी गरे ।
यसअघि चितवनका पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता गुरुङले लडाकु दस्ता बनाउने पार्टीको कुनै नीति नरहेको स्पष्ट पारेका थिए ।
