समाचारआइतबार, जेठ १०, २०७२

नवलपरासीका २० गाविसलाई सुरक्षित स्थान जान अाग्रह

हिमालखबर

-विद्रोही गिरी

थुनिएर ताल बनेकाे कालीगण्डकी

थुनिएर ताल बनेकाे कालीगण्डकी

पहिरोले कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोकाहरु खुल्ला गरिएको छ ।

जुनसुकै बेला थुनिएको स्थान फुटन् सक्ने हुदा गण्डकका ढोकाहरु खुल्ला राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । म्याग्दी राम्चेको काफलडाँडाँमा गएको पहिरोले कालीगण्डकी थुनेको छ ।

कालीगण्डकी नदी फुट्दा पहाडी गाविसहरु रकुवा, डेढगाउँ, मिथुकरम, भारतीपुर, बुलिङ्गटार ,डाँडाँझेरी, कोटथर र रतनपुरका तटिय बस्तीहरु जोखिममा परेको भन्दै सुरक्षित हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए । कालीगण्डकी नदी देवघाटमा मिसिदा नारायणीनदी उर्लन सक्ने भएकाले गैंडाकोट देखि त्रिबेणी सुस्ता सम्मका २० गाविसका बासिन्दालाई सर्तक हुन आग्रह गरिएको छ ।

नारायणी नदी आसपासका बासिन्दाका साथै भारतको विहार र उत्तर प्रदेशमा पनि यसका असर पर्न सक्ने भएकोले भारतलाई समेत जानकारी गराइएको उनले बताए । गण्डक नहरका ढोकाहरु बन्द हुदा ताल पर्न सक्ने र त्यसले पक्लिहवा, त्रिबेणीसुस्ता, कोल्हुवा , नारायणी, पिठौलीमा असर पार्ने भएको ३६ वटै ढोका खुल्ला गरिएको छ ।

अहिले नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गर्दै नदी किनारमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार अहिले बिभिन्न टोलिहरु नदी किनारमा पुगेर स्थानीयलाई सर्तक रहन आग्रह सहित माईकिङ गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानीय सञ्चारमाध्यम मार्फत सूचना समेत जारी गरेर सतर्क रहन आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>