समाचारआइतबार, जेठ १०, २०७२
लगातारको पहिरोले उद्धार कार्य अवरुद्ध
८ जेठबाट सुरु भएको पहिरोले कालीगण्डकी नदी थुनिएपछि म्यादीदेखि नवलपरासीसम्मका नदी किनारमा रहेकालाई सुरक्षित स्थानमा जान प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
म्याग्दीाको राम्चे गाविसस्थित काफलडाडाँ क्षेत्रमा गएराति २ः३२ बजे गएको ठूलो पहिरोले थुनिएको नदी खोल्न नसकिएपछि प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार लगातार पहिरो खसिरहेकाले उद्धार कार्य अझै सुरु हुन सकेको छैन ।
प्हिरो जानसक्ने संभावना रहेको वडानम्बर २ स्थित बैसरी र भगवति गाविस दुई नम्बर वडाका १६ वरिपरिका १२३ जनालाई सुरक्षित स्थानमा लगिसकिएको प्रहरीले जनाएको छ । थुनिएको नदी १५० मिटर गहिरो र एक किलोमिटर लामो तलाऊमा परिणत भइसकेको छ ।
नदी खोलाउनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको भएपनि खसेको पहिरो अगाडि केही गर्न सकेका छैनन् । प्रहरीले नी किनारमा रहेको कारागारका ९९ जना कैदीलाई भने सुरक्षित स्थानमा सारिसकिएको छ ।



