समाचारआइतबार, जेठ १०, २०७२

‘मलाई नेपालकाे भविष्यप्रति ठूलाे भराेसा छ’

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई भविष्यप्रति ठूलो भरोसा भएको बताएका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई ज्ञापनपत्र बुझाउन आएका ३३ दलीय मोर्चाका प्रतिनिधिसँग उनले भने, “समस्त नेपाली एक भए कसैको डर हुँदैन, विभाजित भए खतरा हुन्छ ।”

प्रधानमन्त्री काेइरालाले नेपालकाे भविष्य सुन्दर रहेकाे बताए । उनले भने, “मलाई भविष्यप्रति ठूलो भरोसा छ ।”

उनले प्राकृतिक विपद्ले जनधनको ठूलो नोक्सान भए पनि सबै नेपाली एकताबद्ध भएमा यसलाई विकासको नयाँ युगको सुरुवातमा बदल्न सकिने बताए । उनले भने, “मुलुकमा शान्ति र स्थायित्वमात्र दिन सकियो भने नेपालमा लगानी गर्न भारत र चीनलगायतका धेरै मित्रराष्ट्रहरु तयार छन् । विकासको अवसर गुमेका छैनन् ।”

उनले हालैको भूकम्पले गरेको विनाश ठूलो चुनौती भएको उल्लेख गर्दै भने, “यसको सामना गर्न एक हौँ । राष्ट्रियता लोकतन्त्र र विकासका निम्ति एक भए कसैले परास्त गर्न सक्दैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>