समाचारआइतबार, जेठ १०, २०७२

मह खाएर बस्ने हाेइन, एमाले काम गर्ने कर्मी माैरी हाेः अाेली

हिमालखबर

Rss_Images_1432457932730_Pro_Ktm_UML_KP Oli _Swyamsebak bedai (2)नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका कार्यकर्ताको हातमा उठेको ठेला हेरेर मूल्याङ्कन हुने बताएका छन् ।

भूकम्पबाट अतिप्रभावित १७ जिल्लामा खटिएका स्वयम् सेवक विदाई कार्यक्रममा ओलीले भने, ‘‘काम गर्दा पसिना बग्छ, पसिना बगेर मात्रै हुँदैन । हरेकको हातमा ठेला उठ्नुपर्छ । त्यसलाई हेरेर मूल्याङ्कन हुन्छ ।’’

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले एमाले मह खाएर बस्ने भाले मौरी नभएको बताए । उनले भने, ‘‘मौरी दुई खाले हुन्छन्, एउटा खाएर बस्ने अर्काे काम गर्ने । एमाले कर्मी मौरी हो ।’’

एमालेका कार्यकर्ताहरु पीडितको घरमा पाहुना बन्न र मेहजमान गर्न नजाने उनले बताए । ‘‘तपाईँहरु काम गर्न जाने हो, दुख गर्न जाने हो । पाहुना हुन होइन ।’’, उनले भने, ‘‘काम गर्दा थकाई लाग्छ, भोक लाग्छ । तर, मृदुभाषी भएर जनतामा जानुहोला ।’’

चर्किएका मन जोडेर आउनुहोस्
स्वयम् सेवक विदाई कार्यक्रममा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेका स्वयम् सेवक हेरेर जनताले मूल्याङ्कन गर्ने बताएका छन् ।

विपतमा परेकाहरुलाई सहयोग गर्ने जाने कार्यकर्ताले पार्टीप्रति हेरिने दृष्टिकोण भन्ने भएकाले मेहनतसाथ स्वयम् सेवा गर्न उनले आग्रह गरे ।

‘‘भूकम्पले भत्काएका घरहरु मात्रै होइन, मनहरु पनि जोडेर आउनुहोस्’’, नेता नेपालले निर्देशन दिए । उनले भूकम्पले भत्काएको देश बनाउने सवै मिलेर लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>