समाचारआइतबार, जेठ १०, २०७२

थुनिएकाे कालीगण्डकी बग्न थाल्याे

हिमालखबर

Rss_Images_1432445609822_SG_Myagdi Kaligandaki Thunayara Banako Talau 1पहिराेले थुनिएकाे कालीगण्डकी नदीबाट पानी बग्न थालेकाे छ ।

पहिराे झरेर बनेकाे बाँधमाथिबाट पानी बग्न थालेकाे हाे । गएराति गएकाे ठूलाे पहिराेले झण्डै तीन सय मिटर अग्लाे ताल बनेकाे नदीमाथिबाट पानी बग्न थालेकाे प्रहरीले जनाएकाे छ ।

त्यहा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेपनि पहिराे नराेकिएपछि उद्धारकाे कार्य हुन सकेकाे थिएन । म्याग्दीकाे राम्चे–९, काफलडाँडा बैसरीमाथि पहिराे गएपछि थुनिएकाे कालीगण्डकी स्वभाविक गतिमा बग्न थालेकाे छ ।

दिउँसाे ५ः१५ बजेबाट नदी अाेभरफ्लाे भई बग्न थालेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>