समाचारआइतबार, जेठ १०, २०७२

हेलिकाेप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्री फर्किए

हिमालखबर

राम्चे–९ काफलडाँडाबाट खसेको पहिरोले कालीगण्डकी नदी थुनिएपछि गृहमन्त्री बामदेव गौतमले हेलिकप्टरमार्फत अवलोकन गरेका छन् ।

पहिरो गइरहेको ठाउँनजिक निकै धुलो उडेको र प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्री गौतम सदरमुकाम बेनीबजार फर्किएका छन् । उनले त्यहा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हीरा गिरीसँग पहिरोको अवस्था र थुनिएको कालीगण्डकी बारे जानकारी लिएका थिए ।

गए राति १ बजेदेखि निरन्तर खसिरहेको पहिरोबाट थुनिएकाे कालीगण्डकी भने भर्खरैदेखि बग्न थालेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>