समाचारआइतबार, जेठ १०, २०७२
स्वयम् सेवामा विवाद होइन एकता हुन्छः भट्टराई
नेकपा एमालेका सचिव तथा प्रचार प्रमुख योगेश भट्टराईले स्वयम सेवामा खटिएका दलहरुबीच समन्वयमा काम हुने बताएका छन् ।
१० जेठमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले नेपाली कांग्रेस, एमाओवादीलगायतका दलहरुले खटाएका स्वयम् सेवकहरुसँग समन्वय गरेर काम गरिने बताए ।
उनले भने, ‘‘हामीले गरिरहेको काममा अरु पार्टीका स्वयम् सेवक मिसिएर काम गर्न सक्छन्, हाम्राहरु पनि अरुको समूहमा काम गर्छन् ।’’
उनले स्वयम् सेवकहरुबीच कुनै मतभेद नहुने बताए । गृहमन्त्रालयले स्थानीय प्रशासनलाई समन्वयको जिम्मा दिएकाले पनि विवाद नहुने भट्टराईले बताए ।
