समाचारसोमबार, जेठ ११, २०७२

पूर्व न्यायाधीश भरत उप्रेतीद्वारा आत्महत्या

हिमालखबर

पूर्व न्यायाधीश भरत उप्रेतीद्वारा आत्महत्या सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उनले १० जेठ राति बानेश्वरस्थित आफ्नै निवासमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उप्रेतीको शव पोस्टमर्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार उनले सुसाइड नोटमा इच्छामरण लेखेका छन् । नोटमा आफ्नो किरिया खर्च भुकम्प पीडितलाई दिन समेत भनेका छन् ।

६९ वर्षीय उप्रेतीका दुई छोरी र एक छोरा छन् ।

हिमालमा उप्रेतीको पछिल्लो लेख संवैधानिक अदालतः चाहिन्छ प्रकाशित भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>