समाचारसोमबार, जेठ ११, २०७२
कालीगण्डकीको एक तिहाई पानी बग्यो
म्याग्दी सदरमुकाम बेनी बजार भन्दा नौ किलोमिटर माथि पहिरोले कालीगण्डकी थुनिएर बनेको तालको एक तिहाई पानी बगीसकेको छ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश थपलियाका अनुसार ११ जेठ विहानसम्म करिब ३३ प्रतिशत पानी कम भईसकेको छ । १० जेठ साँझदेखि पहिरोले थुनेर बनेको ताल नाघेर पानी बग्न थालेको थियो ।
बाँकी पानी बगाउन सेना, प्रहरी, सशस्त्र प्रहरी र विशेषज्ञको टोलीले काम गरिरहेको पनि थपलियाले जानकारी दिए । जोखिम ज्यादै न्यून भईसकेको उनले हिमाललाई बताए । यद्यपि विनाशकारी महाभुकम्पका कारण अन्य ठाउँमा आउने सक्ने बाढी, पहिरोबाट भने सतर्क रहनु पर्ने थपलियाको सुझाव छ ।

