समाचारमंगलबार, कार्तिक २१, २०६९
अध्यादेशबाट निर्णय गर्नु प्रजातन्त्र विरोधि कामः सभापति कोइराला
नेपाल महिला सङ्घद्वारा २१ कार्तिकमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिबिना कुनै पनि निर्णय गर्ने अधिकार सरकारलाई नभएकोमा जोडदिए ।
१४ जेठमा एमाओवादीले एकतर्फीरुपमा संविधानसभा भङ्ग र निर्वाचनको घोषणा गरी धोका दिएको उल्लेख गर्दै सभापति कोइरालाले विश्वासको वातावरण बनाउनका लागि वर्तमान सरकार हट्नुपर्ने स्पष्ट पारे ।
उनले एमाओवादीले विधि र विधानलाई नाघेर अघि बढेकाले आफूहरुले राष्ट्रपतिलाई संविधानको संरक्षकको भूमिका गम्भीरतापूर्वक निभाउन अनुरोध गरेको जानकारी दिए ।
लोकतन्त्रको रक्षाका लागि आन्दोलन जरुरी भएको उल्लेख गर्दै सभापति कोइरालाले २४ कार्तिकमा गणेशमान स्मृति दिवसका असरमा आयोजना हुने सभामा महिलाको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टी उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र अझै सङ्कटमा रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सङ्घर्षमा उत्रन सबैलाई आग्रह गरेका थिए ।
