समाचारसोमबार, जेठ ११, २०७२
नवनियुक्त पर्यटनमन्त्री भन्छन्, ‘गुरु याेजना बनाउँछु’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षतविक्षत बनाएको मुलुकको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने गरी गुरुयोजना बनाउन लागिपरेको बताएका छन् ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले पर्यटन क्षेत्र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै केहीवर्षमै पर्यटन क्षेत्र पहिलाकै अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री शेर्पाले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न यो वर्ष हिमाल आरोहण गर्न रोयल्टी बुझाएर आरोहण गर्न नपाएका पर्यटकलाई अर्को वर्ष सोही रोयल्टीमा आरोहण गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी दिए ।
प्रमुख पर्यटकीयस्थल, प्राकृतिक तथा पुरातात्विक सम्पदाक्षेत्रलगायतका गन्तव्य राम्रा भएकाले ती क्षेत्रमा बाटो निर्माण तथा होटल बनाएर पर्यटकलाई आकर्षित गर्न भ्रमण नेपाल जस्तो अभियानलाई अघि बढाइने बताए ।
