समाचारसोमबार, जेठ ११, २०७२

गाउँ पसे राजनीतिक दलहरू

हिमालखबर

-सइन्द्र राई

c

‘‘अव पार्टीको छबि कस्तो बनाउने ? देश कस्तो बनाउँने ? त्यो तपाईँहरुको हातमा छ ।’’, निर्माण सामाग्री बोकेका पहिलो हेल्मेटधारी कार्यकर्ताहरुलाई निर्देशन दिदै बरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘‘देशको नवनिर्माण अभियानमा हामीहरू होमिसक्यौं ।’’

काठमाडौंको टोखास्थित महाँकाल माविको प्राङ्गनमा मजदुरजस्तै हाउभाउमा देखिएका स्वयम् सेवकहरुलाई सम्बोधन गर्दै नेता नेपालले एमाले सरकारको मात्रै मुख ताकेर नबस्ने भएकाले नवनिर्माणको अभियानमा होमिएको जनाए ।

अन्य पार्टीजस्तै स्वयम् सेवक अभियान थालेको एमालेले १२ वैशाखको महाभूकम्पबाट अति प्रभावित १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा १० हजार स्वयम् सेवक परिचालन गरेको छ । यसैबीच नेपाली काँग्रेस, एनेकपा माओवादी लगायतका दलहरुले पनि पुननिर्माणमा आफ्ना स्वयम सेवक परिचालन गरेका छन् ।
परिचालन समितिका संयोेजक गोकर्ण विष्ट भन्छन्, ‘‘यो एक महीने स्वयम् सेवक अभियानमा एमालेले सरकारको एक रुपैयाँ पनि लिदैन, भूकम्प पीडितहरुलाई राहत अनुभूति दिलाएर फर्कन्छ ।’’

‘गाउँ–गाउँबाट उठ..’ बोलको गीत लिएर गाउँ पसेको यी स्वयम् सेवकहरुले भग्नावषेश हटाउन, अस्थायी टहरा बनाउँन, नयाँ निर्माण गर्न र सामुदायिक भवन निर्माणमा सहयोग गर्ने विष्ट बताउँछन् । उनी भन्छन्, ‘‘चर्किएका संरचना मात्रै होइन, मनहरू जोड्न पनि पीडितका घरआँगनमा हामी पुग्दैछौं ।’’

उद्धार र राहतमा अल्मलिएको देशभरका कार्यकर्तालाई अतिप्रभावित क्षेत्रहरुको पुनस्थापनामा केन्द्रीत गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार नेपाली कांग्रेस, एमाओवादीलगायत पार्टीका स्वयम् सेवकहरुसँगै सहकार्य गर्दै एमाले स्वयम् सेवकहरुले पुनःस्थापनामा सहयोग पुर्‍याउनेछ ।

काठमाडौं क्षेत्र नम्बर पाँचमा संयोजक बनेर खटिएका केन्द्रीय सदस्य खगेन्द्र राई पार्टी निर्देशन अनुसार पीडितको घरमा पाहुना बन्न नभई मजदुरी गर्ने बताउँछन् । ५१ वटा टोली बनाएर एमालेले आजैबाट यो अभियान थालेको छ ।
अभियानको पहिलो दिन वैकल्पिक केन्द्रीय सदस्य तिलक महतको नेतृत्वको टोली रसुवाको भोर्लेटार लामाचेप गाविस पुगेको छ । लुम्बिनी अञ्चलबाट आएको टोलीको सम्मानमा कालिकास्थानमा सर्वदलीय स्वागत कार्यक्रम गरिएको थियो ।

पार्टी पोलिट्ब्युरो सदस्य गङ्गालाल तुलाधर नेतृत्वको अनेरास्ववियुको स्वयम्सेवक टोली धादिङ क्षेत्र नं २ स्थित निलकण्ठ नगरपालिका पुगेको छ । प्युठान जिल्ला अध्यक्ष तुलसीराम शर्माको नेतृत्वमा राप्ती अञ्चलबाट आएको स्वयम्सेवक टोली सिन्धुपाल्चोकको सिपापोखरी पुगेको छ ।
पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा पूर्वसांसद सुभाष कर्माचार्य र जिल्ला कमिटीका अध्यक्ष झम्क नेपाललगायतले स्वयम्सेवक टोलीको स्वागत गरी पुनःनिर्माण कार्यको योजना बनाउनुभएको छ । वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसीको नेतृत्वमा राप्तीबाट आई बाबरे पुगेको स्वयम्सेवक टोलीले बाबरेस्थित निकोभूमि माविको निर्माण गरी कामको थालनी गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा जिल्ला सदरमुकाममा स्वयम्सेवकको बिदाइ तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डे र छविलाल विश्वकर्माले हेटौँडाको हुप्रचौरमा मकवानपुर र चितवनका स्वयम्सेवकको बिदाइ गर्नुभयो ।

कर्णाली अञ्चलबाट आएको टोली र रामेछाप जिल्लाका सबै भत्किएका घरमा अस्थायी बसोबासको प्रबन्ध मिलाउन सो जिल्लामा पुगेको छ । एमालेको स्वयम्सेवा अभियान एक महिना सञ्चालन हुनेछ ।

उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा एक टोली नुवाकोटको मदानपुर पुगेको छ । अध्यक्ष केपी शर्मा ओली दोलखा र रामेछापको क्षतिको स्थिति बुझ्न जानुभएको थियो भने नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरले काठमाडौंको टोखा पुगेका थिए ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा चापागाउँ–८ डाँडागाउँ र बुङ्मती क्षेत्रमा खतरामा रहेका घरहरूलाई भत्काउने कार्यको थालनी भएको छ ।

तस्वीरहरुः सइन्द्र राई

Rss_Images_1432457932730_Pro_Ktm_UML_KP Oli _Swyamsebak bedai (2)

Rss_Images_1432457825163_Pro_Ktm_UML_KP Oli _Swyamsebak bedai (3)

DSC03321 DSC03344 DSC03357 DSC03362 DSC03416 DSC03427

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>