समाचारमंगलबार, जेठ १२, २०७२

कालीगण्डकी खतरामुक्त, पहिराे भने राेकिएन

हिमालखबर

Rss_Images_1432551384738_SG_Myagdi Pureayako Basti- 01म्याग्दीस्थित बैसरीमा गएकाे ठूलाे पहिरोले अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त बनेकाे छ ।

पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्ने क्रम नरोकिए पनि यसले खासै असर नगर्ने बताए ।

नदी थुनिएर बनेको तालमा पानीका सतह कम हुँदै गएको छ । अब नदी थुनिन सक्ने सम्भावना पनि नरहेको जनाइएको छ ।

पहिरो र डुबानमा परेका बैसरीका २६ घरको भग्नावशेषसमेत फेला पर्न नसकेको म्याग्दी बस तथा जिप व्यवसायी सङ्घका उपाध्यक्ष मोहन केसीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>