समाचारमंगलबार, जेठ १२, २०७२
सडक दुुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
-विद्रोही गिरी, नवलपरासी
पूर्वपश्चिम राजमार्ग अन्तरगत रामनगर–२, नवलपरासीमा ट्रक र मिनी ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
पूर्वतर्फ गइरहेको ना ४ ख ७५५९ नम्बर ट्रक बा १ क ३५३१ नम्बरको मिनी ट्रकसँग जोध्दा कपिलबस्तुका २० बर्षीय आशिष थापाको मृत्यु प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दुबै ट्रकका चालक घाइते भएका छन् । घाईते मध्ये दुई जनाको चितवनको भरतपुर र तीन जनाको वुटवलमा उपचार भइरहेको छ ।
त्यस्तै, देवागाउँ–६ मा दुई वटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । लु १९ प २२७४ नम्बरको मोटरसाइकल र लु ३ प ४४७१ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा लु १९ प २२७४ नम्बरको मोटरसाइकल चालक २५ बर्षीय मनोज चौधरीको मृत्यु हो ।
दुर्घटनामा अर्का मोटरसाइकल चालक देवगाउँ–२, का विरेन्द्र चौधरीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
