समाचारमंगलबार, जेठ १२, २०७२

पाँच माअाेवादीकाे संयुक्त अभियान

हिमालखबर

पाँच माओवादीकाे संयुक्त टोलीले भक्तपुरमा १५ दिने श्रम शिविर अभियान सुरु गरेको छ ।

जिल्लाका भूकम्पबाट बढी प्रभावित क्षेत्रका विभिन्न व्यक्तिका भत्किएका र भत्किने अवस्थामा पुगेका घरका भग्नावशेष हटाउने तथा अस्थायी टहरा बनाउने कार्यको अभियान अाजबाट थालेकाे हाे ।

एमाअाेवादीका पोलिटब्यूरो सदस्य एवम् श्रम शिविरका कमाण्डर रामचन्द्र झाले अभियान सुरु गर्दै भूकम्पले मधेस र पहाडलाई भावनात्मक रुपमै जोड्ने काम गरेको तथा मधेसका मानिस पहाडमा आएर सहयोग गरेको बताए ।

त्यसैगरी, एमाओवादीका अर्का पोलिटब्यूरो सदस्य लेखराज भट्टले पार्टीको नीतिअनुसार भूकम्पपीडितका घरका भग्नावशेष हटाउने, पुनःनिर्माण र पुनःस्थापनाका लागि खटिएको बताए ।

त्यस अवसरमा नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य दिलीप प्रजापति, केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ, एमाओवादीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य निर्मलकुमार भट्टराई, भक्तपुर इन्चार्ज भाष्कर प्रधानाङ्गलगायतका नेता, तराईबाट आएका ५० जनासहित तीनसय जना कार्यकर्ता अभियानमा जुटेका छन् ।

भग्नावशेष हटाउन अनुरोध गर्ने सबै पीडितका घर भत्काउने तथा भग्नावशेष हटाउने काम गर्ने एमाओवादीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>