समाचारमंगलबार, जेठ १२, २०७२

विपत्तिकाे सवै मिलेर सामना गराैंः खनाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

एमाले स्वयम्सेवक दस्ताले मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा आयोजना गरेको भग्नावशेष हटाइ तथा सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै उनले यो दुःखद् र विपद्को घडीको सबै मिलेर सामना गर्दै नयाँ ढङ्गले समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री खनालले भने, “देशमा जतिसुकै आपत् आए पनि मिलेर जुट्नुपर्छ, सबै एकताबद्ध भएर विपत्तिको व्यवस्थापन गर्नुपर्छ ।”

भूकम्पले जहाँजहाँ अप्ठ्यारा, अवरोध ल्याएको छ, संरचना भत्काएर समस्या पारेको छ, ती ठाउँमा युवा स्वयम्सेवक दस्ता पुगेर सरसफाइ गर्ने र सहरलाई सफा गरी पुनःनिर्माणमा युवा जुट्नुपर्ने उनले बताए ।

“अब पहिला भन्दा सुन्दर, सफा र उन्नत सहरको निर्माण गर्नुपर्छ”, उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>