समाचारमंगलबार, जेठ १२, २०७२

राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल हुदैछः देउवा

हिमालखबर

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरूबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।

१२ वैशाखमा गएका महाभूकम्पले पुर्‍याएकाे क्षति र त्यसपछिको अवस्थाबारे अनुगमन गर्न गोरखा सदरमुकाम आइपुग्नुभएका नेता देउवाले भने, ‘राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकार आवश्यक छ । हामी त्यसैमा लागिपरेका छौँ ।”

राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नेबारे छलफल भएपनि टुङ्गोमा नपुगेको बताउँदै नेता देउवाले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सबै दलहरू एक ठाउँमा बसेर टुङ्गोमा पुग्नुपर्ने बताए ।

देशलाई विपद् परेका बेला सबै दल एकै ठाउँमा उभिनुपर्ने भन्दै उहाँले विपद्मा परेका नेपालीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए । सबै नेपाली एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताउँदै उनले भने, ‘फेरि हाँसीखुसीको नेपाल फर्काउन एकजुट होऔँ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>