समाचारमंगलबार, जेठ १२, २०७२
अाजै चार पटक भूकम्पकाे धक्का
१२ जेठ साँझ ललितपुर र काभ्रेकाे सीमाना केन्द्रविन्दु बनाएर भूकम्प गएकाे छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजे ४.३ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे । याेसँगै अाज चार पटक भूकम्पकाे धक्का महशुस गरिएकाे छ ।
यसअघिकाे तीन वटै भूकम्प दाेलखा केन्द्रविन्दु बनाएर गएकाे थियाे । साँझ ६.४० बजे ४.१, ५.४८ मा ४.१ र दिउँसाे २.११ बजे ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे ।
