समाचारबुधबार, जेठ १३, २०७२

महाभूकम्पबाट भएकाे क्षतिकाे पूर्ण विवरण जेठ मसान्तभित्र

हिमालखबर

राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालय, दातृ निकाय एवम् निजी क्षेत्रको सहयोगमा जेठ मसान्तसम्म विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) तयार गरेर पुनः निर्माणको कार्यलाई अगाडि बढाउने जनाएको छ ।

भूकम्पले पारेको यकिन क्षतिको तथ्याङ्क सङ्कन गरी पुनःनिर्माणका लागि कुन क्षेत्रमा कस्तो निर्माणको आवश्यकता छ, कति लागत लाग्छ र त्यसलाई निर्माण गर्ने कार्यविधि के हुने भन्ने विषयको निष्कर्ष पिडिएनएमा उल्लेख हुनेछ ।

सोही आधारमा लागत समेतको खाका आएपछि आगामी आर्थिक वर्षको बजेट आउनुभन्दा अगाडि नै विकास साझेदारसँग सम्मेलन गर्ने तयारी छ । यसअघि अयोगले तोकेको रु ७ खर्ब ३५ अर्बको बजेटको सीमा पनि परिवर्तन हुने निश्चित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले जेठ मसान्तमा यथार्थ विवरणसहितको पिडिएनए तयार हुने बताए । यसै आधारमा सम्पूर्ण क्षेत्रको मूल्याङ्कन, आवश्यकता र दातृ निकायको प्रतिवद्धताको आधारमा बजेटको आकार तयार हुनेछ ।

आयोगका सहसचिव गोपी मैनालीका अनुसार यही जेठ मसान्तभित्र विभिन्न विषयगत क्षेत्रमा राष्ट्रिय योजना आयोगको नेतृत्वमा गएको समूहले सङ्कलन गरेको तथ्याङ्कका आधारमा २१ जेठमा प्रतिवेदनका लागि तथ्याङ्क सङ्कलन गर्ने र २७ गते पहिलो मस्यौदा तयार हुनेछ । उक्त मस्यौदा सबैसँग छलफल गरेर जेठ मसान्तमा एकीकृत तयार हुनेछ ।

राष्ट्रिय पुनः निर्माण परामर्श समितिको बैठक र पुनःनिर्माणका विषयमा अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले मूल्याङ्कनपछि पुनःनिर्माणको लागत थाहा हुने भएकाले सो विषयमा प्रष्ट हुनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगले भूकम्पबाट २० प्रतिशत जनता प्रवाहित भएका र बाँकी ८० प्रतिशत जनता मानव सूचकाङ्कमा तल रहेका जिल्लालाई समानान्तर रुपमा केन्द्रित गरेर पुनःनिर्माणका योजना बनाउनुपर्नेमा जोड दिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>