समाचारबुधबार, जेठ १३, २०७२

राष्ट्रपतिद्वारा जङ्गी अड्डाको निरीक्षण

हिमालखबर

unnamedनेपाली सेनाका परमाधिपति रहेका राष्ट्रपति रामवरण यादवले सैनिक मुख्यालयको स्थलगत निरीक्षण छन् ।

उनले महाभूकम्प पीडितका लागि खोज, उद्धार, राहत सामग्री वितरण तथा भग्नावशेष व्यवस्थापन एवम् जोखिमयुक्त घर हटाउन हालसम्म नेपाली सेनाले गरिरहेको कार्य र अपनाएको विधिबारे जानकारी लिए ।

निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति यादवलाई प्रधानसेनापति गौरव शम्शेर जबराले स्वागत अभिवादन गरेकाे तथा सम्बन्धित विभागका अधिकृत प्रतिनिधिले नेपाली सेनाले विनाशकारी भूकम्पपछि गरेको खोज, उद्धार, राहतलगायत अन्य गतिविधिको जानकारी एवम् हालसम्मको कार्य प्रगति प्रतिवेदन तथा भावी योजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैक्रममा राष्ट्रपति डा यादवले भूकम्पबाट जङ्गी अड्डाको भौतिक संरचनामा पारेको असरको अवलोकन गरे । निरीक्षण भ्रमणपछि राष्ट्रपति यादवले नेपालीमाथि आइपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा भूकम्प पीडितहरुको खोज, उद्वार, राहतलगायत अन्य गतिविधि संचालन गरी आम नागरिकको रक्षार्थ एवम् दैनिकी सामान्यीकरण गर्न नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए ।

निरीक्षण कार्यक्रममा अर्थमन्त्री रामशरण महत, रक्षा सचिव ईश्वरीप्रसाद पौडेललगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>