समाचारबिहीबार, जेठ १४, २०७२

बाणिज्य महासंघकाे अध्यक्ष पदकाे निर्चावन असारमा

हिमालखबर

नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी १८ असारमा हुने भएको छ ।

महासङ्घ कार्यकारिणी समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पबाट प्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्न महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिएको छ ।

महासङ्घका अनुसार विपतकाे वर्तमान घडीमा आम नेपाली जनता माझ व्यावसायिक आचार संहितालाई आत्मसात् गरी सहुलियत र सुपथ मूल्यमा उपभोग्य वस्तु तथा सेवा सर्वसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका उद्यमी व्यवसायीमा बैठकले अपिल पनि गरेको छ ।

महासङ्घका निर्वाचित अध्यक्ष प्रदीपजङ्ग पान्डे ३१ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा केही महिनाअघि पक्राउ परेपछि उक्त पद रिक्त थियो । हाल वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले कार्यबाहक अध्यक्षका रुपमा महासङ्घलाई नेतृत्व प्रदान गर्दै अाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>