समाचारबिहीबार, जेठ १४, २०७२
एमाअाेवादी नेताकाे प्रस्तावः दाहाल राष्ट्रपति, अाेली प्रधानमन्त्री
एमाअाेवादीका नेता देवेन्द्र पाैडेलले महाभूकम्पपछिकाे पुनःनिर्माण अभियानका लागि एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति र एमालेका अध्यक्ष केपी अाेलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् ।
पाैडेलले सामाजिक सञ्जालमार्फत यस्ताे प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले महाभुकम्प पछि सबै संहालिएर देश निमार्णमा जुट्नुपर्ने भएकाले आग्रह पूर्वाग्रह छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरु, कर्मचारी, सुरक्षा संयन्त्र, नागरीक समाज, बौद्धिक समुदाय आदिका ब्यक्तिवहरुले “पूर्ननिर्माण अभियान” सुरु गरेर दोस्रो तहकाहरुलाई फिल्डको जिम्मेवारी सुम्पिनुपर्ने प्रस्ताव गरेका छन् ।
उनकाे प्रस्तावकाे खाका यस्ताे छ
सर्वपक्षीय राष्ट्रिय सरकारः केपी अाेली
सुप्रिम राजनीतिकब्युरोः सुशील काेइरालाकाे नेतृत्वमा पूर्वप्रधानमन्त्रीहरु
उच्चस्तरीय पूनर्निमाण प्राधिकरणः बावुराम भट्टराई
राष्ट्रपतिः पुष्पकमल दाहाल
अन्तराष्ट्रिय सहयोक केन्द्रीकरण र ब्यवस्थापन संयन्त्रः शेरबहादुर देउवा, माधवकुमार नेपाल, बिजयकुमार गच्छदार, झलनाथ खनाल, मोहन बैद्य
पूनर्निमार्ण फिल्ड ब्यवस्थापन समितिः मुख्यसचिव, सेना प्रमुख, शसस्त्र प्रमुख, जनपथ प्रमुख, प्रत्यक पार्टी र नागरीक समाजका प्रतिनिधिहरु
महानगरपालिका, उप तथा नगरपालिका , गा वि स र वार्ड सम्म सोही अनुसारको संयन्त्र निमार्ण ।
न्युनतम सय खर्बको बजेट ब्यवस्थापन, पूर्व अर्थ मन्त्री, अर्थ सचिव , बैंकर्ष करपोरेट हाउस र उद्योग बाणिज्य संघ आदिका प्रतिनिधी भएको उच्च स्तरीय आर्थीक विभाग निर्माण ।
दश बर्षे पूनर्निमाण अभियान, पाँच/पाँच बर्षको दुई कार्यकाल र प्रत्येक पाँच बर्षमा पचाँस खर्वको बजेट विनियोजन गर्ने ।
यो प्रकृया शुरु गरे पछि हालको राजनीतिक नेतृत्वले नै आउदो ६ महिनाभित्र संविधान पनि घोषणा गर्ने । त्यसपछि यो नेतृत्व उच्च स्तरीय निर्देशक समितिमा बदलीने र नँया पुस्तालाई नेतृत्व हस्तानतरण गर्ने ।
हाम्रो देशमा मुख्य तया अब तिन पार्टीको मात्रै आवश्यकता देखिन्छ । पहिलो सम्पूर्ण वाम पन्थीहरुको एउटै केन्द्र “नेपाल कम्युनिष्ट पार्टी”, दोस्रो नेपाली कांग्रेस र तेस्रो राजावादीहरुको पार्टी ।
यो किन भनिएको हो भने नेपालमा यती बेला तिन प्रवृतिका राजनीतिक धाराहरु सक्रिय छन् ।

