समाचारबिहीबार, जेठ १४, २०७२

एमाले नेताहरुको बैठक बालकोटमा

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा अहिले एमालेका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक अग्नी खरेल सहभागी रहेका छन् ।

राष्ट्रिय राजनीति, महाभूकम्पपछिको अवस्था र संविधान निर्माणबारे बैठकमा छलफल भइरहेको छ । पछिल्लो समय एमाले अध्यक्ष ओलीलाई एमाओवादी नेताहरुले सार्वजनिक रुपमै प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि यसबारे यो बैठकमा छलफल हुने एक नेताले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>