समाचारबिहीबार, जेठ १४, २०७२

उपत्यकाको ३४ सडक खण्डमा सवारी सञ्चालनमा रोक

हिमालखबर

काठमाडाैं उपत्यकाका विभिन्न ३४ सडक खण्ड जाेखिमयुकक्त रहलेकाले सवारी सञ्चालनमा राेक लगाइएकाे छ ।

भुकम्पको कारण क्षति भएका भौतिक संरचनाहरु भत्कन सक्ने सम्भावना भएकाले उक्त सडक खण्डमा सवारी सञ्चालनमा राेक लगाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कालिमाटीको हानागोला चोकबाट पश्चिम तर्फ जाने भित्रीबाटो, डल्लुपुल विजेश्वरी, भगवानबहाल हुदै संचयकोष जाने भित्री बाटो र जेपीमोडबाट क्षेत्रपाटीसम्मको बाटोमा सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ ।

त्यस्तै गंगबु–बानियाटार सडकखण्ड, अस्टनारयण – शेषमतिपुलसडकखण्ड, बाईपास — नेपालटार जाने सडकखण्ड, प्यागल — लगनखेल सडकखण्ड र कपनको भण्डारी गारमन्टबाट आकाशेधारा सम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई पुर्ण राेक लगाइएकाे छ । उक्त सडक सडकखण्डको बीचमा रहेका भग्नाबशेषहरु हटाउने कार्य भैरहेकाले सवारी साधनलाई निषेध गरीएको हो ।

त्यस्तै, बसन्तपुर डबली क्षेत्रमा पनि सवारी साधनको संचालनमा पुर्ण रुपमा रोक लगाईएको छ । सवारी साधन संचालनको कारण पुरातत्वीक महत्व बोकेका संरचनामा थप क्षती हुन सक्ने भएकोले उक्त स्थानमा चल्ने सवारी साधनलाई प्रवेशमा रोक लगाईएको हो ।

गणेशस्थानदेखी महादेवस्थान, कुलेश्वर आवास क्षेत्र, कालीमाटी खाद्यगोदाम क्षेत्र, टंकेश्वर ताहाचल, टी.यू गेटबाट नयाँबजारसम्म, सानोभर‍्‍‍‍याङ्ग एकधारा सडकखण्ड, ठुलोभयाङ्ग रानीबारीसडकखण्ड र नर्सिङ्गचोक बाट टेबाहल हुदै ठैटी जाने सडकमा ठुला सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ ।

त्यस्तै, सुकेधाराबाट एकताबस्तीसम्मको सडकखण्ड, गोपीकृष्णबाट कपन सरस्वतीनगर जाने सडकखण्ड, बालाजु बाईपास सडकखण्ड, लगनबाट परोपकार जाने सडकखण्ड, महापालबाट बंगलामुखी जाने सडकखण्ड र सतुङ्गलबाट मातातिर्थ जाने सडकखण्डमा पनि ठुला सवारी साधन संचालनमा रोक लगाईएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

मित्रनगरबाट म्हेपी जाने सडकखण्ड, सामाखुसी बाट कुकुर शाखा तर्फ आउने सडकखण्ड, लगनबाट नरदेवी जाने सडकखण्ड, बसन्तपुरबाट क्षेत्रपाटी जाने सडकखण्ड र चक्रपथ बाट गणेशबस्ती जाने सडकखण्डमा दुईपाङ्गे सवारी साधन मात्रै संचालन भएका छन् ।

अवरुद्ध बाटो खुलाई आवागमन सहज बनाउने प्रयास नेपाल प्रहरीले गरीरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>