समाचारबिहीबार, जेठ १४, २०७२

राष्ट्रपतिले साँझ भिडियो सन्देश दिने

हिमालखबर

राष्ट्रपति रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिने भएका छन् ।

विगतका गणतन्त्र दिवस १५ जेठमा लिखित वक्तव्यबाट सन्देश दिँदै आएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लागेकाे उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । सन्देश साँझ ७ बजे शीतल निवासबाट दिइनेछ ।

भूकम्पका कारण भएको क्षतिका बारेमा केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै अाएका छन् । मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले दिवसका अवसरमा विगतमा झैँ यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>