समाचारबिहीबार, जेठ १४, २०७२

पुनःस्थापनाका लागि मालेले स्वयमसेवक परिचालन गर्ने

हिमालखबर

नेकपा मालेले महाभूकम्पपीडितलाई अस्थायी बसोवासको प्रबन्ध मिलाउने सरकारको प्रयासमा सघाउन स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेकाे पोलिटब्युरोे बैठकले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो ।

उद्धार, राहत वितरण, सम्भावित महामारीको रोकथाम, वर्षा याममा हुन सक्ने पहिरोको नियन्त्रण, कृषिलगायत अन्य उत्पादन कार्यलाई प्रोत्साहन गर्ने र अस्थायी आवा निर्माणलाई अघि बढाउन राजनीतिक परिचालन अपेक्षा अनुरुप हुन नसकेको ठहर गर्दै उक्त पार्टीले स्वयम्सेवक टोली बृहत् सङ्ख्यामा गठन गरी अस्थायी आवास र स्कूल कार्यालय भवन निर्माणलाई प्राथमिकता दिने जनाएको छ ।

बैठकले उद्घार तथा राहतका कामलाई व्यवस्थित ढङ्गले अघि बढाउन सबै ब्युरो र जिल्ला कमिटीलाई निर्देशन दिइएका उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>