समाचारबिहीबार, जेठ १४, २०७२

असल अाचरणका कैदीहरुकाे कैद मिनाहा हुने

हिमालखबर

मन्त्रिपरिषद्काे अाज बसेकाे बैठकले असल चालचलन भएका कैदीहरुकाे कैद भुक्तान मिनाहा गर्ने निर्णय गरेकाे छ ।

बैठकले ५० प्रतिशत बढी सजाय भुक्तान गरिसकेका कैदीहरुकाे सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।

दाता सम्मेलन १० असारमा
बैठकले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा १० असारमा दातृनिकायको राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजन गर्ने निर्णय गरेको छ ।

महाभूकम्प र त्यसका पराकम्पनका कारण क्षतविक्षत विभिन्न पूर्वाधारको निर्माण तथा भूकम्पपीडितको पुनर्वासका लागि आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले सरकारबाट दातृ निकायको राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे ।

भूकम्पपछि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा विभिन्न दाताबाट रु चार अर्ब २२ करोड र अर्थ मन्त्रालयबाट विनियोजित रु पाँच अर्ब ५० करोड र भूकम्पअघि कोषमा मौज्दात रु ५० करोड गरी रु १० अर्ब २२ करोडमध्ये रु आठ अर्ब ४० करोड भूकम्पपीडितका लागि गृह मन्त्रालयमार्फत वितरण भइसकेको छ ।

विभिन्न पदमा नियुक्ति
बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा दिलीप रेग्मी र अतिरिक्त प्रमुख निर्देशकमा गणेशप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमा सञ्जीव गौतम, नेपाल वायुसेवा निगमका महाप्रबन्धकमा सुगतरत्न कंसाकार, राष्ट्रिय आवास विकास कम्पनी लिमिटेडका महाप्रबन्धकमा दूतबहादुर गुरुङ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशकमा पुरुषोत्तम अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>