समाचारशुक्रबार, जेठ १५, २०७२
नेपालले नमनाएको गणतन्त्र दिवसलाई गुगलले सम्झ्यो
१२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको महाभूकम्पले ठूलो जनधनको क्षति पुगेपछि नेपालमा यो बर्ष गणतन्त्र दिवस औपचारिक रुपमा मनाइएन ।
मुलक पुनःस्थापना र नवनिर्माणमा जुटेको बेला नेपाल सरकारले गणतन्त्र दिवस औपचारिक कार्यक्रम गरेर नमनाउने निर्णय गरेको हो । राष्ट्रपति रामवरण यादवले पनि औपचारिक कार्यक्रम स्थगित गरेर देशबासीका नाममा भिडियो सन्देश दिए ।
महाविपतका कारण नेपालले नमनाएको गणतन्त्र दिवसलाई भने विश्वको पहिलो सर्च इन्जिन् गुगलले सम्झेको छ ।
गुगलले आफ्नो होमपेजमै पशुपति, स्वयम्भु र मैन बालेको तस्वीर राखेर नेपालप्रति सम्मान व्यक्त गरेको छ । यसबाहेक गुगलले आफ्नो ब्लकपेजमार्फतत राष्ट्रिय दिवसको उत्सव, बुद्धको प्राथना र विश्वका लागि मार्गदर्शक प्रकाशको अर्थ दिने तस्वीर राखिएको जनाएको छ ।
